Notification

×

Iklan

Iklan

जीप दुर्घटनामा ६२ वर्षीय रोकाको निधन

Thursday, February 25, 2021 | February 25, 2021 WIB Last Updated 2021-12-30T03:23:47Z

 बेनी

फागुन १४




बेनी नगरपालिका–४, फापरखेतमा बिहीबार भएको जीप दुर्घटनामा परी मालिका गाउँपालिका–३, रुमका गोविन्दप्रसाद रोकाको निधन भएको छ । रुमको पात्लेबाट विरामी बोकेर पोखरातिर जाँदै गरेको ग १ ज ६७८८ नम्बरको बोलेरो जीप सिँगा तातोपानी नजिकै सडकबाट म्याग्दी नदीमा खसेको थियो । रुखबाट लडेर घाइते भएका रोकाको थप उपचारको लागि पोखरा लैजानेक्रममा जीप दुर्घटनाग्रस्त भएको हो ।


म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले दुर्घटनाबाट ६२ वर्षीय रोकाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनाबाट घाइते हुनेहरुमा जीप चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोका, मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोका रहेका छन् । 


घाइतेमध्ये जीपका चालक नरबहादुरलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य घाइतेहरुको सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । 


रातको समयमा दुर्घटना भएको जीपका घाइतेलाई तातोपानी प्रहरी चौकी, तातोपानी बजार र पखेरका स्थानीयले उद्धार गरेका थिए ।



×
Berita Terbaru Update