बेनी
फागुन १५
मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हलुका वर्षा हुन सक्ने जानकारी दिएको छ । एक बुलेटिन प्रकाशन गर्दै महाशाखाले यस्तो जानकारी गराएको हो ।
विभागका अनुसार देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हलुका हिमपातको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।
