Notification

×

Iklan

Iklan

२३ गते संसद बैठक बोलाउन सरकारको सिफारिस

Friday, February 26, 2021 | February 26, 2021 WIB Last Updated 2021-12-30T03:23:46Z

 बेनी

फागुन १४





सरकारले आगामी फागुन २३ गते संसदको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त सिफारिस गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छिन् । प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक बसेको मन्त्रिपरिषद बैठकले तोकिएको समयभित्रै संसदको बैठक डाक्न सिफारिस गरेको हो। 


सरकार स्वेच्छाचारी बाटोमा हिँडिरहेको, अदालतदेखि अख्तियार हुँदै सुरक्षासंयन्त्रसम्म सेटिङ मिलाएको अफवाह फैलिरहेका बेला सरकारले भने सम्मानित अदालतको आदेशलाई कार्यान्वयन गर्ने सङ्केत देखाएको हो ।


सरकारको सिफारिसपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकका लागि आह्वान गर्नेछिन्


गत मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलाका साथै सर्वोच्च अदालतले १३ दिनभित्र संसदको बैठक डाक्न सरकारका नाउँमा परमादेश जारी गरेको थियो ।


×
Berita Terbaru Update