Notification

×

Iklan

Iklan

२०७८ सालमा तीनओटा दसैँ

Monday, March 1, 2021 | March 01, 2021 WIB Last Updated 2021-12-30T03:23:45Z

बेनी

फागुन १७





आगामी वर्ष अर्थात् विक्रम संवत् २०७८ सालमा तीनओटा  दसैँ परेका छन् । चैत्र शुक्ल पक्षमा पर्ने चैते दसैँसमेत यस वर्षको मलमासका कारण २०७८ को वैशाखमा परेकाले आगामी वर्ष दसैंको संख्या तीन पुगेको हो ।


नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा आगामी २०७८ वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको उल्लेख गरिएको छ ।


यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने पञ्चाङ्गमा उल्लेख छ ।


असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।


कार्तिक महिनाको कृष्ण पक्षमा शुरु भई शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दसैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाउने प्रचलन छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।


चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार ओटा नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।


वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन ।



×
Berita Terbaru Update