Notification

×

Iklan

Iklan

१५ वर्षअघि हराएको हेलिकप्टर धौलागिरी हिमालमा भेटियो

Friday, April 30, 2021 | April 30, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

वैशाख १७




म्याग्दी जिल्लाको मुदीमा पर्ने धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एउटा हेलिकप्टर र मानव अवशेष फेला परेको छ ।


नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत हिमालमा जम्मा भएको फोहोर सङ्कलन गर्ने अभियानका क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डाइनेष्टिक हेलिकप्टर फेला परेको हो ।


नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हेलिकप्टर भेटिएको ठाउँ नजिकै दुईओटा मानव शव पनि भेटिएको छ ।




धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो ।


मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले जानकारी दिएका छन् । 


उक्त हेलिकप्टर धौलागिरी बेसक्याम्पबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ ।


हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ ।



×
Berita Terbaru Update