बेनी
जेठ १७
सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आन्तरिक मूल्याङ्कनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्याङ्कन विधि अनुसार गर्ने निर्णय गरेको हो ।
कोरोना महामारी झन् बढ्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट गर्न मन्त्रीस्तरीय निर्णय गरेर क्याबिनेटमा पठाएको थियो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सोही प्रस्तावलाई आधार मानेर मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो ।
राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।