Notification

×

Iklan

Iklan

कस्तो छ कोरोनाको ‘भारतीय भेरियन्ट’ ?

Monday, May 10, 2021 | May 10, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

वैशाख २८




केही सातापहिले नेपाल टेलिकमको नम्बरमा फोन गर्दा ‘यु.के. भेरियन्टको संक्रमण फैलिँदो क्रममा रहेकोले सचेत रहन’ सुझाव दिएको सुन्न पाइन्थ्यो । तर, पछिल्लो पटक कोरोना भाइरसको भारतीय भेरियन्ट अघिल्लो भन्दा थप शक्तिशाली भएको समाचार आउन थालेका छन् । 


सन् २०२० को अन्तिम महिनातिर चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) केही महिनापछि ‘यु.के. भेरियन्ट’का रुपमा थप संक्रामक बनेको थियो । अहिले फेरि कोरोना भाइरसको भारतीय भेरियन्ट अझ खतरनाक देखिएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ ।




विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ । संगठनका अनुसार अहिले भारतमा देखिएको भाइरस B.1.617 भेरियन्ट हो । विश्व स्वास्थ्य संगठनको कोभिड–१९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ ।


मारियाले भनिन्, “हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं ।” उनका अनुसार यस भेरियन्टको अधिक जानकारी मङ्गलबार उपलब्ध गराइनेछ ।


विश्व स्वास्थ्य संगठनले भनेको B.1.617 भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलोपटक पत्ता लागेको थियो जबकि यसको एक सुरुआती रुप अक्टुबर २०२० मा पाइएको थियो । यो भेरियन्ट धेरै देशहरुमा फैलिसकेको छ । 

संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन् ।


भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ । नयाँ संक्रमित विरामीहरुको संख्या र मृत्युदर बढिरहेको छ । यी बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । बिरामीहरुको संख्या बढेपछि अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ ।


यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण संकटमा परेको भारतका लागि ‘टुगेदर फर इन्डिया’ अभियान शुरु गर्ने घोषणा गरेको छ । यो अभियानको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु रहेको संगठनको भनाइ छ ।



×
Berita Terbaru Update