Notification

×

Iklan

Iklan

एसईई परीक्षा यसपटक पनि आन्तरिक मूल्यांकनबाटै !

Monday, May 31, 2021 | May 31, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

जेठ १७




कोरोना महामारीका कारण स्थगित भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउन शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।


आज बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिएका छन् । ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको छ,’ ढकालले भने ।


गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।


×
Berita Terbaru Update