Notification

×

Iklan

Iklan

आज सामान्य बदलीदेखि भारी वर्षाको सम्भावना

Tuesday, May 4, 2021 | May 04, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

वैशाख २२




आज बुधबार । देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकाले मौसम बदली भएको हो ।


विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली भई बाँकी प्रदेशमा सामान्य बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।


बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


गण्डकी, लुम्बिनी, बागमती र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।



×
Berita Terbaru Update