Notification

×

Iklan

Iklan

कोरोना संक्रमण उच्च गतिमा बढ्दैः एकै दिन ५८ जनाको मृत्यु

Wednesday, May 5, 2021 | May 05, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

वैशाख २२




कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । 


यसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।


कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको मन्त्रालयको अभिलेखमा उल्लेख छ ।



×
Berita Terbaru Update