Notification

×

Iklan

Iklan

शुक्रबार म्याग्दीमा ७० जना सङ्क्रमित थपिए

Friday, May 7, 2021 | May 07, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

वैशाख २४




पछिल्लो २४ घण्टाको अवधिमा म्याग्दीमा थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार सोही अवधिमा बेनी नगरपालिका–२, का ७३ वर्षीय एक जना पुरुषको निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा रहेका उनको शुक्रवार दिउँसो निधन भएको हो । 


शुक्रबार सङ्क्रमण पुष्टि भएको संख्या म्याग्दीको अहिलेसम्मको उच्च हो । वैशाख २१ र २२ गते लिइएको ९१ ओटा नमुनामध्ये ७० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


कार्यालयका प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकामा ३२ जना, रघुगङ्गा गाउँपालिकामा ४ जना, मङ्गला गाउँपालिकामा १० जना, धवलागिरि गाउँपालिकामा २ जना अन्य जिल्लाका १५ जना गरी ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लम्सालका अनुसार धवलागिरी गाउँपालिकामा गरिएको एन्टिेजेन परीक्षणबाट थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 




कोरोना भाइरसको दोस्रो लहर पहिलोको तुलनामा छिटो फैलिरहेको र थप जोखिमपूर्ण भएकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला स्वास्थ्य कार्यालयले सबैलाई अनुरोध गरेको पनि कार्यालय प्रमुख लम्सालले बताए ।



×
Berita Terbaru Update